बैंकहरुले बफर पुंजीकोष कायम नगरे नगद लाभांश बाड्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2019 | 05:06:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुको आक्रामक कर्जा रोक्न मौद्रिक नीतिमा ल्याइएको काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा ल्याएको छ। राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर अनुपात २ प्रतिशत कायम गरेको छ। 

अहिले १० प्रतिशत अनुपात रहेकोमा राष्ट्र बैंकको संसोधित निर्देशन अनुसार अब १२ प्रतिशत कायम गर्नुपर्ने हुन्छ। यद्दपी लाभांश बाड्नको लागि बिगतमा १० प्लस १ अनुपात कायम गर्नुपर्नेमा अब भने १३ प्रतिशत कायम गर्नुपर्ने हुन्छ। बैंकहरुलाई १३ प्रतिशत कायम गर्ने समय चालू आर्थिक बर्षको अन्त्य अर्थात यस आर्थिक बर्षको असार मसान्तसम्म दिइएको छ।   

बैंकहरुले २०७६/७७ देखि 'क्यापिटल एडीकुएसी फ्रेमवर्क' २०१५ मा व्यवस्था भए बमोजिम काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्नेछ। यस्तो बफर 'कमन इक्वीटि टायर १' को पुंजीकोषबाट कायम गर्नुपर्नेछ। 

यो आर्थिक बर्षको लागि काउन्टर साइक्लिकल बफर को अनुपात कुल जोखिम भारित एक्स्पोजमा २ प्रतिशत तोकिएको छ। २०७७ असार मसान्तसम्म यो बफर पुंजीकोष कायम नगरेमा बैंकहरुले नगद लाभांश वितरण गर्न पाउने छैनन।      

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved