युवा उद्यमलाई प्रोत्साहन गर्न ‘युवा उद्यमशीलता सम्मेलन’ हुदैं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 02:42:07 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं. ३ सरकारले २ दिने युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्यमशीलताको सम्भावना, आवश्यक स्रोतको व्यवस्थापनका बारेमा राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजना र आईएमई फाउण्डेसनको सह—आयोजना र राष्ट्रिय बाणीज्य बैंकको मुख्य प्रायोजनमा साउन २७ र २८ गते युवासम्मेलन अयोगना गर्न लागिएको जानकारी दिए । 

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अन्तराष्ट्रि युवा दिवसको अवसरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन उद्यम गर्न चाहने नेपाली युवाहरुका लागि महत्वपुर्ण प्लेटफम ुावित हुने विश्वास व्यक्त गरे । 

सम्मेलनको मुख्य प्रायोजक रहेको राष्ट्रिय बाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले सम्मेलनले युवाहरुमा उद्यम गर्ने उत्साह र आत्मबिश्वास बढ्ने विश्वास व्यक्त गरे । 

सम्मेलनको साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । सम्मेलनमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, अर्थमन्त्री युवराज खतिवडा, शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेल, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, युवा तथा खेलकुदमन्त्री जगत् बिश्वकर्मा, बरिष्ठ उद्यमी हरिभक्त शर्मा, उद्योग वाणिज्य महासंघी अध्यक्ष भवानी राणा, उद्यमी चन्द्र ढकाल, सुरज बैद्य, हेमराज ढकाल लगायतको सहभागीता रहने आयोजकले जनाएको छ । 

११ वटा सेसन रहने सम्मेलनमा देशभरबाट आवेदन दिएका ११०५ जनामध्ये छनौट भएका ५ सय युवाहरुको प्रस्तुती रहने सम्मेलनको समापन पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved