'सोमबारको निर्देशिका 'ट्रेलर' मात्रै, मर्जरलाई बाध्य बनाउने नीति असोज मसान्तमा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 06:20:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक बाणिज्य बैकहरुको मर्जरबाट पछि नहट्ने भएको छ। सोमबार सर्कुलर मार्फत जारि गरिएको निर्देशिका 'ट्रेलर' मात्रै भएकाले मर्जरका थप 'टुल्स' ल्याउने तयारिमा आफुहरु रहेको राष्ट्र बैंकका एक उच्च अधिकारिले बिजपाटीलाई बताएका छन। 

सोमबार जारि भएको निर्देशिकामा उल्लेख संचालक तथा सीईओको उमेर हद, स्प्रेड रेट गणनामा परिमार्जन, बपर पुंजीकोषको कार्यन्वयन सुरुवा मात्रै भएको राष्ट्र बैंकका ति अधिकारिले भने, 'मर्जरको लागि केहि आएन राष्ट्र बैंक पछि हट्यो भन्ने लागेको थियो होला, हिजो निर्देशिका एउटा ट्रेलर मात्रै हो'। 

मौद्रिक नीतिमा उल्लेख क्रस होल्डीङ सम्बन्धमा असोज मसान्त भित्रै अर्को सर्कुलर जारि गरेर बैंकहरुलाई मर्जरमा लगिने राष्ट्र बैंकका ति अधिकारिले बताएका छन। 'अहिले बैंकहरुलाई ०.१ प्रतिशत भन्दा धेरै संस्थापक सेयरधनी भएकाको सुची मागिएको छ, त्यो प्राप्त भएपछि त्यसको आधारमा क्रस होल्डीङ सम्बन्धी सर्कुलर जारि गरेर अटेर गर्नेहरुलाई मर्जरमा लगिनेछ।'

केहि बैंकले बीमा एजेन्ट बन्ने क्रममा ऋणीबाट जबर्जस्त पोलिसी बिक्रि गरेको, खराब लोनलाई सधैं हरियो बनाउने काम गरेको, अनावश्यक शुल्क लिने गरेको जस्तो अस्वस्थ प्रतिष्पर्धाको पनि हद नाघेकाले मुनाफा केन्द्रित बैंकलाई साइजमा ल्याएर थोरै सङ्ख्यामा गुणस्तरीय बैंकिंङ गर्नलाई पनि राष्ट्र बैंकले मर्जरको कसर बाँकी नराख्ने ति अधिकारिको दाबि छ।      

राष्ट्र बैंकले प्रचारको लागि नभई कार्यन्वयनको लागि क्रस होल्डिङको विषय अगाडी ल्याएको ति अधिकारिको दाबि छ। असोज मसान्त भित्रमा क्रस होल्डीङ भएका बैंकहरुको लागि एउटा सर्कुल जारी हुने र त्यही सर्कुलरले क्रस होल्डिङ भएका बैंकलाई मर्जरमा जान बाध्य बनाउने ति अधिकारिको भनाई छ। 

राष्ट्र बैंकले कुन बैंकमा कस्तो प्रकृति र कुन समुहको कति क्रस होल्डिङ रहेको छ भन्नेबारे सुक्ष्म अध्ययन गरिरहेको बताइएको छ। अध्ययनको   आधारमा क्रस होल्डीङ भएका बैंकहरुलाई कसरी मर्जमा लैजाने भन्ने स्पष्ट हुनेछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved