३० अर्बले नाफा घट्नेभएपछि बैंकहरुमा छटपटी, डाकियो आकष्मिक बैठक

विजय पराजुली

विजय पराजुली

Aug 06, 2019 | 07:27:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सोमबार जारि गरेको निर्देशिका सम्बन्धमा छलफल गर्न बाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघले भोलि (साउन २२ गते) पूर्ण बैठक डाकेको छ। 

निर्देशिकामा उल्लेख स्प्रेड दरको सुत्र परिवर्तन, बैंकले बीमा अभिकर्ताको काम गर्न नपाउने, बफर पुंजीकोष कायम गर्नुपर्ने जस्ता व्यवस्थाले बैंकहरुको लगानीको साइज र मुनाफा घट्ने देखिएको भन्दै बैंकर संघले २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारीलाई छलफलको लागि डाकेको एक बैंकका सीईओले बताएका छन। 

केहि मिडियामा भद्र सहमतिमा छलफल गर्ने गरि बैठक डाकिएको भनीएपनि बैंकर संघका सीईओ अनिल शर्माले पठाएको भोलिको बैठकको एजेन्डामा त्यस्तो केहि नभएको ती सीईओले बताए। 'एजेन्डामा भद्र सहमति बारे केही छैन, सोमबार जारि भएको निर्देशिकाबारे छलफल गर्ने भनिएको छ' उनले भने। 

मंगलबार बिहान ९.३० मा डाकिएको बैठकमा ब्याजदरको बिषयमा बिगतमा गरिएको भद्र सहमतिबारे छलफलको सम्भावना न्यून रहेको उनले बताएका छन। अर्थमन्त्रालय र राष्ट्र बैंकको दबाबमा फेरी सहमति गर्नुपर्ने भएकाले ब्याजदरमा गरिएको भद्र सहमतिको औचित्य नभएको ती सीईओले भने। यद्दपी भद्र सहमतिमा केहि परिमार्जनको आवश्यकता रहेको उनले बताए। 

अहिले मुद्दती निक्षेपमा संस्थागत निक्षेपकर्तालाई ९.५० प्रतिशत र व्यक्तिगत तर्फ ९.७५ प्रतिशत तथा बचतमा बढीमा साढे ६ प्रतिशत ब्याज दिन पाउने भद्र सहमतिमा परिमार्जन आवश्यक रहेको तेस्रो पुस्ताका बैंकहरुको भनाई छ। ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने भएकाले भद्र सहमति आवश्यक रहेको तर बचतमा 'सेभिङ लिभरेज' छोड्नुपर्ने तेस्रो पुस्ताका बैंकहरुको माग रहेको छ।

राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशिकाको कारण बैंकहरुको मुनाफा बार्षिक २५-३० अर्बले कम हुने बैंकहरुको विश्लेषण छ। काउन्टर साइक्लिकल बफरको व्यवस्थाले पुंजीकोष अनुपात २ प्रतिशतले बढाउनु पर्ने हुँदा बैंकहरुको कर्जा लगानी क्षमतामा संकुचन आउने र अर्को तर्फ स्प्रेड रेट गणना परिवर्तनको व्यवस्थाले बैंकहरुको मुनाफा झन्डै ३० अर्बले घट्ने विश्लेषण गरिएको छ।       

नेपाल राष्ट्र बैंकको पुष २०७५ जेठ मसान्तको तथ्याङ हेर्ने हो भने वाणिज्य बैंकहरुको औषत स्प्रेड रेट ५.५६ प्रतिशत रहेको छ । उक्त स्प्रेड रेटलाई बैैंकहरुले आगामी असार मसान्त भित्रमा ४.४ प्रतिशत कायम गर्नुपर्ने हुन्छ । जसलाई हेदा बैंकहरुले करिब २६.३६ प्रतिशतले सोझै मुनाफामा प्रभाव पर्ने देखिन्छ।  

राष्ट्र बैंकले स्प्रेड रेट गणना विधि ल्याएको परिवर्तनले गर्दा बैंकहरुको स्प्रेड रेट ०.५ दखि करिब १ प्रतिशतले बढ्ने सक्ने बैंकहरु बताउँछन् । एनआइशि एशिया, नबिल जस्ता सरकारी सुरक्षणपत्रमा धेरै लगानी गरेका बैंकहरुलाई यसले ठुलो प्रभाव पार्ने देखिन्छ। 

अर्कोतर्फ बैंकहरुले लगानी गर्ने १५ लाख भन्दा कमको कर्जामा सेवा शुल्क पनि लिन नपाउने र २ प्रतिशत मात्र प्रिमियम लिन पाउने ब्यवस्था राष्ट्र बैंकले गरेको छ। यसले पनि सानो कर्जा लगानी गरीरहेका बैंक तथा विकास बैंकहरुको मुनाफामा र कर्जा क्षमतामा प्रभाव पार्ने देखिन्छ । यि विविध कारणले बैंकहरु नाफा करिब करिब ३० प्रतिशत सम्म संकुचन आउने भएपछि अब कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल गर्न बैंक संघको बैठक बस्न लागेको ति बैंकरले बताए। बैंकहरुबीच जस्तो सुकै छलफल भएपनि राष्ट्र बैंकको निर्देशन मान्नुको विकल्प नरहेको ति बैंकरले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved