पोखरामा ओम डेभलपमेन्टको स्मार्ट कार्ड मार्फत यात्रा गर्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 12:39:22 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ । पोखरामा सार्वजनिक यातायातमा ई टिकेटिङ लागु हुने भएकोले बैंकले  यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको हो ।

महानगरपालिकाले आगामी भदौ १ गते देखी महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई टिकेटिङ लागु गर्दै छ । यस प्रयोजनका लागी आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

पहिलो चरणमा पोखरा भित्रका स्कुल, कलेज अध्ययन गर्ने बिधार्थीहरु माझ वितरण सुरु गरिएको र लगत्तै पोखरा महानगर भित्रका सम्पूर्ण  वडाहरु मार्फत सो कार्ड वितरण गरिने बताइएको छ । बैंकले प्रथम चरणमा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गर्ने जनाएको छ ।

यस परियोजना सञ्चालनका लागी पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रा.लि र पोखरा बस व्यबसायी समितिका पदाधिकारीहरुको उपस्थितिमा यस अधि नै सम्झौता पत्रमा हस्ताक्षर भइसकेको प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved