ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले तीनवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनकुटाको हिले बजार, सोलुखुम्बुको नयाँ बजार र खोटाङ्गको दिक्तेल बजारमा शाखा सञ्चालनमा ल्याएको हो । यौसँगै बैंकको शाखा संख्या १४० पुगेको छ ।
शाखा बाहेक बैंकले ३० वटा एक्सटेन्सन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।