मुक्तिनाथका ग्राहकलाई विराटनगरका २ हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 02:21:09 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकलाई विराटनगरको संजिवनी हस्पिटल तथा आई.भि.एफ सेन्टरमा उपचार छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई हस्पिटलको तोकिएको शुल्कमा विशेष छुट हुने भएको हो । 

सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतसमीर शेखर बज्राचार्य र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्तले हस्ताक्षर गरे । 

बैंकले विराटनगरकै विराट आँखा हस्पिटलमा पनि आफ्ना ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र  विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डलले हस्ताक्षर गरे । 

बैंकले हाल ११८ शाखा र २२ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved