बैंकले मर्जरको 'अर्जेन्सी' महसुस गर्न छाडे, मेगाका अध्यक्ष भन्छन,'ब्राण्ड डाईल्युट हुदैन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 13, 2019 | 09:29:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चाहेको बिग मर्जरमा बैंकहरुले 'अर्जेन्सी' महसुस गर्न छाडेका छन। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बाणिज्य बैंकलाई दिएको सहुलियत र पछिल्लो सर्कुलरले मर्जरको लागि अर्जेन्सी सिर्जना नगरेको बैंकका संचालक तथा सीईओहरुले बिभिन्न फोरममा बताउन थालेका छन। 

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले आफुहरु सुरुदेखि नै मर्जरको लागि सकारात्मक भएपनि राष्ट्र बैंकको पछिल्लो निर्देशनले सबै बैंकलाई अर्जेन्सी नबनाएकाले राष्ट्र बैंकबाट स्पष्ट नीतिगत व्यवस्थाको अपेक्षा गरेको बताएका छन। 

'तत्कालिन टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमांचल विकास बैंकलाई प्राप्ति गरेपछि व्यवसाय बिस्तारमा देखिएको 'सिनर्जी' ले मर्जरको लागि प्रोत्साहन मिलेको छ' अध्यक्ष शाहले भने, 'मर्जरले पुंजी वृद्धि र नाफा बढाउने मात्रै नभई वित्तीय पहुँचमा समेत सकारात्मक प्रभाव पार्छ भन्नेमा पुगेर नै मेगाले बिग मर्जर चाहेको थियो।'

मेगा धेरै व्यक्तिहरुबाट थोरै थोरै पुंजी लिएर फरक धारले स्थापना भएको बैंक भएकाले पहिलेदेखि नै आफूजस्तै पार्टनर खोजिरहेको बताउदै अध्यक्ष शाहले अब राष्ट्र बैंकबाट स्पष्ट रुपमा नीतिगत स्पष्टता नभएसम्म मर्जरको माहोल नदेखिने बताएका छन। 

आफुहरुले कुनै विकास बैंक वा बैंकलाई लाई लिए पनि भोलि फेरी मर्जरमा जानुपर्ने अवस्था आयो भने हामीसंग आएको अर्थ नहुने भएकाले अब राष्ट्र बैंकले चाहेको के हो त्यो नीतिगत रुपमा स्पष्ट हुनुपर्ने उनले बताएका छन। 

मौद्रिक नीतिमा हामीले दिएको सुझाब अनुसारनै मर्जरको लागि पहिलो प्राथमिकतामा संस्थापक सेयरमा 'ओभरल्यापिंङ' भएकालाई राख्ने गरि क्रस होल्डीङको कुरा आएपनि त्यो अझैं स्पष्ट हुन नसकेकाले अर्जेन्सी क्रियट नगरेको शाहको बुझाई छ। स्प्रेड रेटमा केहि गर्ने प्रयास गरेपनि त्यो पूर्ण नभएको उनको भनाई छ। 'अरु केहि नभएपनि चुक्तापुंजी वृद्धिको नीति आएको हुन्थ्यो भने मर्जरको माहोल अर्कै हुन्थ्यो' शाहले भने। 

आफुहरु अहिलेपनि मर्जरको लागि खुला भएपनि अब भने बैंकको संचालक समितिले 'ब्राण्ड डाईल्युट' नगर्ने निर्णय गरेको उनि बताउछन। मर्जरको लागि तयार छौं तर मेगाको ब्राण्ड सक्ने गरि मर्जरमा जादैनौं' उनले भने, 'मेगा फरक धारले स्थापना भएको बैंक भएकाले कुनै एक व्यक्ति र व्यवसायिक घरानालाई मात्रै हित हुने गरि मर्जरमा जानु मेगाको बाध्यता छैन।'

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved