ग्रामिण विकास लघुवित्तको पाँचौ वार्षिकोत्सव, गर्भनर भन्छन, ‘मर्जपछिको उदाहरणीय संस्था’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 11:55:46 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण विकास लघुवित्तको पा“चौ वार्षिकोत्सव सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले लघुवित्तलाई मर्जरमा जान आह्वान गरेका छन् । राष्ट्र बैंकले जारी गरेको आ.व.२०७६÷७७ को मौद्रिक नीतिमा मर्जरमा जा“दा विभिन्न सेवा र सहुलियत दिने उल्लेख गरेको जानकारी गराउँदै गर्भनर नेपालले मर्जरमा जान आग्रह गरेका हुन् । मर्जर पश्चात बैंक तथा वित्तीय संस्था सफल हुन्छ भन्ने सन्देश ग्रामीण विकास लघुवित्तले दिएको उको भनाई छ । 

संस्थाका सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले ग्रामीण विकास लघुवित्त वित्तीय नाफा मुखीमात्र नभई सेवामुखी भावनाले काम गर्ने संस्था भएको बताएका छन् । उनले संस्थाले आफ्नो क्षमता बृद्धिगर्न हाल शेयर पूंजी बढाएको बताए ।

प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले संस्थाकोे विगत र वर्तमानको अवस्था तथा आगामी दिनको योजना सुनाएका थिए । उनले लगानीमा रहेको कर्जा ९.९० अर्ब पुगेको, मर्जरको समयमा रहेको संस्थाको ७६ करोड सञ्चित नोक्सानीमा २०७६ आषाढ मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चित नोक्सानी ९.८६ करोड मात्र बा“की रहेको छ । ऋणात्मक रहेको पुँजीकोष हाल १०.३८ प्रतिशत कायम भएको उनको भनाई छ ।

वार्षिकोत्सवको अवसरमा संस्थामा २५ वर्ष स्थायी सेवा पूरा गरेका ९६ जना कर्मचारीहरूलाई दीर्घ सेवाको कदर स्वरुप दीर्घ सेवा पदक सहित सम्मान गरिएको छ ।

उत्कृष्ट काम २५ जना कर्मचारीहरु, आ.व. २०७५÷०७६  को लक्ष्य  प्राप्तिमा उत्कृष्ट योगदान गर्र्नेे इलाका कार्यालय पड्सरी–रुपन्देही, शंकरनगर–रुपन्देही, वाणगंगा–कपिलवस्तु, नेपालगंज–बाँके र शाखा कार्यालय अमवा–रुपन्देही, भन्सार– तनहुँ, राझा–बाँके, पिपरा–महोत्तरी, बेलौरी–कञ्चनपुर तथा अनुशासित र लगनशील भई  कारोबार एवं व्यवसाय गर्ने २५ जना ऋणी सदस्यहरूलाई समेत पुरष्कृत गरिएको थियो । 

संस्थाले हाल ५७ जिल्लामा १८८ इलाका तथा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved