मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited अन्तर्गतको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।
यो अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट भूक्तानी लिने ग्राहककध्येबाट भाग्यशाली विजेतालाई ७६ पुरस्कारहरु वितरण गरिनेछ । ७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुतुथ स्पिीकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाइ स्मार्ट मोबाईल फोन, ७ जनालाई ३२ इन्चको स्मार्ट टिभि, ५ जनालाई २ सय लिटरको फ्रिज, तीन जनालाई ल्यापटप र एक जनालाई स्कुटी वितरण गरिनेछ ।
भाग्यशाली विजेताहरुको घोषणा बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली) बाट मंसीर १५ गते आईतबार फेसबुक लाइभ मार्फत गरिनेछ ।
मुक्तिनाथ विकास बैंकले हाल ११८ वटा शाखा, २२ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।