राष्ट्रिय वाणिज्य बैंकले विदेशबाट फर्केकालाई सहुलियत कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2019 | 01:41:01 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा वितरण गर्ने भएको छ । बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले हस्ताक्षर गरे । 

सम्झौता पछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिसमा बैदेशिक रोजगारमा गएका परिवार तथा बैदेशिक रोजगारबाट फर्केका कृषि कार्य गर्न चाहने उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved