‘जनभोजन कार्यक्रम’लाई जनता बैंकको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 10:37:56 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले २ लाख रुपैयाँको चेक जनभोजनको कार्यालय दामेचौर, धादिङमा प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरेको छ । 

भोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र १ सय बृद्धबुद्धालाई दैनिक बिहानको खाना खुवाउदै आएको छ । कार्यक्रमले धादिङ र मकवानपुरका विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम संचालन गर्दै आएको छ । 

धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासका विपन्न बस्तिलाई लक्षित गरी १० बर्ष अघिदेखि फाउण्डेसनले बिद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना ताथा खाजाको ब्यबस्था गर्दै आएको छ । यो कार्यक्रमको प्रभावले सो क्षेत्रका सत प्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved