सनराइज बैंकले ३ अर्बको ऋणपत्र ल्याउने, बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 06:13:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ३ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।  'सनराइज डिबेञ्चर २०८३' नाम दिईएको उक्त ऋणपत्रको अवधि ७ बर्षको रहने छ। ऋणपत्रमा अर्थवार्षिक रुपमा भुक्तान हुने गरी १०.२५ प्रतिशत वार्षिक व्याजदर प्रदान गरिने बैंकले जनाएको छ । 

ऋणपत्र निष्काशनको लागि बैंकले सिद्धार्थ क्यापिटल Siddhartha Capital Ltd  लाई बिक्रि प्रबन्धक चयन गरेको छ । बिक्रि प्रबन्धक सम्बन्धि सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  ध्रुब तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved