कृषि उद्यम गर्न चाहने सहकारीका सदस्यलाई सहुलियत दरमा कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 07:39:02 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपाल  बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा.शम्भु नारायण महतो ले हस्ताक्षर गरेका छन। 

सम्झौताअनुसार हेफरको सिफारिसमा बाखापालन, डोरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न सहकारी सदस्यका कृषकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।

बैंकका सीईओ श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी कृषि उद्यमी गर्न चाहने कृषकहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताएका छन। श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए।

हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले  यो सम्झौता नेपालको गरिबी निवारणमा कोशेढुङ्गा सावित हुने बताउदै हेफर इन्टरनेशनल नेपालको सिफारिस बमोजिम लगानी भएको कर्जाको असुलीमा हेफरको पनि नैतिक दायित्व रहने बताए। उनले हेफरले हालसम्म नेपालमा ४१ जिल्लाका २ लाख ५० हजार गरिब तथा पिछडिएका परिवारलाई सहयोग गर्दै आईरहेको बताए।

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved