माछापुच्छ्रे बन्यो सबै ऋणपत्र बिक्रि गर्ने पहिलो बैंक,३ अर्बको डिबेन्चरमा मागभन्दा बढी आबेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 08:13:14 AM मा प्रकाशित

laxmi  sunrise bank

अन्य केहि बाणिज्य बैंकलाई ऋणपत्र बिक्रि गर्न हम्मे हम्मे परेको अवस्थामा माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको सबै  ऋणपत्र बिक्रि भएको छ। यससंगै सबै ऋणपत्र बिक्रि हुनेमा माछापुच्छ्रे बैंक पहिलो बन्न पुगेको छ। सबै बिक्रि मात्र नभई माछाको ऋणपत्रमा केहि बढी आबेदन परेको छ।      

माछापुच्छ्रे बैंकले निष्काशन गरेको ऋणपत्र पूर्ण रुपमा बिक्रि भएको छ। बैंकले गत साउन ६ देखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेकोमा अन्तिम दिन मंगलबार भदौ ३ सम्म सबै ऋणपत्र बिक्रि भएको हो। 

‘माछापुच्छ्रे डिबेन्चर २०८५’ नाम दिईएको ऋणपत्रमा छिटोमा आवेदन दिने मिति साउन ९ गतेसम्म पूर्ण आवेदन नपरेपछि थप गरिएको  म्याद अर्थात भदौ ३ सम्म सबै ऋणपत्र बिक्रि भएको छ।  

३ अर्ब रुपैयाँको ३० लाख इकाईमध्ये १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि खुला गरिएको हो । यसै अन्तर्गत ६० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो ।  बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको हो। लगानीकर्तालाई न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्ने व्यवस्था थियो।    

७ वर्षे अवधिको माछापुच्छ्रे ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा दश वर्षसम्म निरन्तर भुक्तानी पाउनेछन। बैंकले ऋणपत्र निष्कासनका लागि इक्रा नेपालको क्रेडिट रेटिङ अनुसार प्रयाप्त मात्रामा सुरक्षित जनाउने ‘इक्रा एनपि आइआर ए माइनस’ प्राप्त गरेको थियो। १९ वर्षदेखि बैंकिंङ सेवा प्रदान गर्दै आएको माछापुच्छ्रेको शाखा कार्यालय १०० भन्दा बढि छन्।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved