सरकारले बैंक तथा वित्तिय संस्था सम्बन्धी ( पहिलो संशोधन ) विधेयक , २०७६ लाई संसदमा पेश गर्न स्वीकृति दिएको छ । सरकारका प्रवक्ता एवम सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले उक्त विधयेक संसदमा पेश गर्न स्वीकृत दिएको बताएका हुन् ।
विधयेकमा सञ्चालक र सीइओलाई उमेरको हद, ३ कार्यकाल सञ्चालक बन्न नपाइने, सीइओ नियुक्ति गर्नुअघि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने, कुलिङ पिरियड, बैंकर र व्यवसायी छुट्याउने लगायतका प्रस्ताव राष्ट्र बैंकले राखेको छ । यद्यपि राष्ट्र बैंकले पठाएको मस्यौदामा अर्थ मन्त्रालयले थपघट गरेको थियो ।
त्यस्तै बैठकले नेपाल राष्ट्र बैंक ( तेस्रो संशोधन ) विधेयक , २०७६ लाई पनि संघीय संसद् समक्ष पेश गर्न स्वीकृति दिएको छ।