एनआईसीको डिजिटल च्यानलबाट सगरमाथा इन्स्योरेन्सको प्रिमियम तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 03:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया NIC Asia Bank Limited का ग्राहकले सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company Limited मा एनआईसीको डिजिटल च्यानलमार्फत् बिमा प्रिमियम भुक्तानी गर्न सक्ने भएका छन् । बैंक र इन्स्यारेन्सबीच भएको सम्झौता अनुसार सगरमाथा इन्स्योरेन्सका ग्राहकहरुले एनआईसीको मोबाइल बैकिङ्गलगायत एनसीएचएल–कनेक्ट आईपीएस र फोन पे मार्फत आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने भएका हुन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे । 

एनआइसीले हाल २९६ शाखा, ३४१ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved