साना व्यसायीलाई मेगा बैंकले ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 11:11:32 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले साना तथा मझौला व्यवसाय प्रवद्र्धनमा सहयोग गर्ने भएको छ ।  साना तथा मझौला व्यवसायी महासंघसँगसाना मझौला व्यवसायको प्रबद्र्धन गर्ने हसमति बैंकले गरेको हो । 

सम्झौता पत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनले हस्ताक्षर गरेका छन् । यो सम्झौताबाट महासंघमा आबद्ध १२ हजार भन्दा बढी साना तथा मझौला व्यावसायी लाभान्वित हुने बताइएको छ । 

सम्झौता अनुसार, व्यवसायीहरुले मेगा बैंकको प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved