एनआइसीले ल्यायो ३० बिशेषतायुक्त निक्षेप योजना, औषधि उपचार सहित १ करोड ३१ लाखको बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 10:19:36 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसियाले ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजना ल्याएको छ। बैकले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा यो योजना संचालनमा ल्याएको हो।

यस योजनाअन्तर्गत ग्राहकले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ रु १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि रु १ करोड सम्मको बिमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि रु ३० लाख सम्मको बिमा सुविधा, परिवारका लागि रु १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्नेछन। 

त्यस्तै यस योजनाअन्तर्गत ग्राहकले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नुहुनेछ। साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ। 

बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक 'स्विप इन स्विप आउट' को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइनेछ। सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशभरका आफ्ना २९७ शाखा कार्यालयहरु, ३४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिंग सेवा प्रदान गर्दै आएको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved