पैसा कम हुनेलाई गाडी कर्जामा सिभिल बैंकको बिशेष योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 11:44:18 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युबराज खतिवडाले उद्घाटन गरेसंगै आजदेखि गाडीहरुको कुम्भ मेला मानिने 'नाडा अटो शो' विधिवत रुपमा सुरु भएको छ। मेलामा चारपांग्रे, दुई पांग्रे र सवारीसंग सम्बन्धित कम्पनी गरि ९५ ब्राण्डको सहभागिता रहेको छ। 

गाडी खरिद गर्न चाहनेलाई वित्तीय तथा बीमा सेवा दिने उदेश्यले १३ बैंक वित्तीय संस्थाले समेत मेलामा सहभागिता जनाएका छन। सहभागिता जनाउनेमा एक विकास बैंक, ११ बाणिज्य बैंक र एक बीमा कम्पनी छन। सबैको बैंकको उदेश्य भनेको प्रदशनीस्थलबाट गाडी खरिदकर्तालाई वित्तीय सेवा प्रदान गर्ने हो। 

व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने कानुनी व्यवस्था छ। यद्दपी गाडी किन्दा ग्राहकलाई दिने ऋणको कर्जामा लाग्ने ब्याजको दर, कर्जा अवधि तथा अन्य सहुलियत तथा सुविधा भने बैंकपिच्छे फरक फरक हुने गर्दछ।    

'नाडा अटो शो' मा सहभागिता जनाउने बैंक वित्तीय संस्था मध्ये सिभिल बैंकले गाडी खरिदमा आधार ब्याजदरमै ऋण उपलब्ध गराउने भएको छ। सिभिलले ११.११ प्रतिशत व्याजमा ऋण दिने योजना ल्याएको छ । यससंगै सिभिलले ऋण प्रोसेसिङ चार्ज ०.५ प्रतिशतसम्म लिने भएको छ।

स्टल नम्बर 'ई ९' रहेको सिभिल बैंकले डाउन पेमेन्ट कम हुनेहरुलाई पनि ऋण दिने अर्काे सहायक योजना सहित गाडी किन्नेहरुलाई कर्जाको साथै २ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट ऋण दिने योजना ल्याएको छ । 

ग्राहकले व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने नियमित गाडीको लागि ५० प्रतिशत तथा विद्युतीय सवारीमा २० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ।    



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved