माछापुच्छ्रे बैंकका १३ शाखा थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 12:22:45 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले प्रदेश नंं १ र २ का विभिन्न जिल्लामा १३ शाखा सञ्चालनमा ल्याएको छ । प्रदेश नम्बर २ को बाराको सिमरा, कलैया र नीजगढ, सर्लाहीको हरिवन, मलंगवा र लालबन्दी, धनुषाको ढल्केबर, सिराहाको गोलबजार तथा सप्तरीको कन्चनरुपमा शाखा सञ्चालनमा ल्याएको हो । 

प्रदेश नं. १ स्थित झापाको उर्लाबारी र सुरुङ्गा, उदयपुरको गाईघाट तथा ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजारमा बैंकले शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकले हाल १३६ वटा शाखा, १२१ शाखारहित बैकिङ्ग सेवा र १५७ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved