मेगा बैंकले ल्यायो 'फेमिली फस्ट' बचत खाता, बाणिज्य बैंकहरुमै सर्वाधिक वीमा रकमको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 01:44:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेड Mega Bank Nepal Limited ले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ। नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको बैंकले जनाएको छ। 

खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिने बैंकले जनाएको छ। खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको छ। 

तीन फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिनेछ । जसबाट दुर्घटना मृत्यु बिमा, घातक रोग बिमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम १,५०,००,००० (डेढ करोड) सम्मको बिमा सुरक्षाको व्यवस्था गरिएको छ। यो बाणिज्य बैंकहरुले प्रदान गर्दै आएको बीमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वाधिक रकम रहेको बैंकको दाबि छ। 

यो खाता खासगरि निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमुलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, बिभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने मेगा बैंकको विश्वास छ । 

ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकको यस योजनालाई ग्राहकहरुले अत्याधिक मन पराउने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीको विश्वास छ । 

यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ। यसका अलवा बैंकले यसअघिदेखि नै न्यूनतम मौज्दात एक हजारदेखि नै बिमा सुविधासहितको बचत योजना पनि उपलब्ध गराउँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved