माछापुच्छ्रे बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 04:40:03 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। बैंकको भदौ ११ गते बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको छ। 

बैंकले १६ प्रतिशत लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र कर सहित ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो। उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। 

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको  चुक्ता पूँजी ८ अर्ब ५ करोड तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ संचित छ ।   

बैंकले हाल पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु, १५७ वटा एटीएमहरु र १२१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट आफ्ना ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गरिरहेको छ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved