राष्ट्रिय वाणिज्य बैंकले एकसाथ १४ वटा शाखा कार्यलयको उद्घाटन गरेको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटल प्रविधिको प्रयोग मार्फत रिमोट थिचेर १४ वटै शाखा कार्यलयको उद्घाटन गरेको हुन् ।
बैंकले प्रदेश नंम्बर १ मा मोरङको कर्सियाबजार र झापाको चकचकी प्रदेश नंम्बर २ मा रौतहटको चन्द्रपुर, महोतरिको बलवाबजार, मोहोत्तरीको पिपरा र पर्साको पोखरियामा शाखा खोलेको हो । त्यस्तै बैंकले प्रदेश ३ मा मकवानपुरको भिमफेदी, काडमाडौंको टोखा र कोटेश्वर तथा गण्डकी प्रदेशमा नवलपुरको टांगिकोट र तनहुंको खैरेनीछारमा शाखा संचालनमा ल्याएको छ । प्रदेश ५ मा गुल्मीको पुर्तिघाट, कपिलवस्तुको भन्द्रौटा र दाङको घोराहीमा बैंकले शाखा संचालनमा ल्याएको हो ।
१४ वटा शाखा कार्यलय थपीएसँग बैंकको शाखा संख्या २३६ पुगेको छ । बैंकले २०४ वटा एटिएम र २४ वटा एटीए काउन्टर मार्फत सेवा दिदै आएको छ। ३१ लाख भनदा बढी निक्षेप सदस्य र १ लाख ६० हजार भन्दा बढी ऋणीलाई कर्जा प्रवाह गरेको बैंकको गत असार मसान्तमा निक्षेप १ खर्ब ९० अर्ब र कर्जा १ खर्ब ४४ अर्ब रहेको छ ।