राष्ट्रिय बाणिज्य बैंकलाई अर्थमन्त्रीको निर्देशन: निक्षेपकर्तालाइ बढी ब्याज देउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 07:39:21 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युबराज खतिवडाले सरकार स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले निक्षेपकर्तालाई कम ब्याज दिएको बताएका छन। बैंकको आधार ब्याजदर नै साढे पांच प्रतिशत रहेको भन्दै निक्षेपकर्तालाई कम ब्याज दिएर अन्याय नगर्न अर्थमन्त्री खतिवडाले बैंकलाई निर्देशनात्मक सुझाब दिएका छन। 

डिजिटल प्रविधिको प्रयोग मार्फत रिमोट थिचेर राष्ट्रिय बाणिज्य बैंकको १४ वटै शाखा कार्यलयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले निक्षेपकर्तालाई अन्याय गर्दा के हुन्छ भन्ने कुरा बुझ्न दुई बर्ष पछाडी फर्केर हेर्नलाई समेत बैंकलाई सल्लाह दिए। 

निक्षपकर्ताले उचित ब्याज नपाए त्यहींबाट तरलता अभाव हुन्छ भन्दै खतिवडाले राष्ट्रिय बाणिज्य बैंकलाई निक्षेपकर्तालाई निक्षेपमा उचित ब्याज दिनलाई जोड दिए। आधार ब्याजदर नै साढे पांच प्रतिशत रहेकाले बैंकले ऋणमा लिने ब्याजपनि कम अरुको तुलनामा सस्तो भएको जिकिर गरे। 

सस्तोमा ऋण दिनु भन्दा निक्षेपकर्तालाई निक्षेपमा बढी ब्याज दिनु उचित रहेको आशयको सुझाब दिंदै अर्थमन्त्री खतिवडाले आजको दिनमा राष्ट्रिय बाणिज्य बैंकले ऋणमा लिने जस्तो सस्तो ब्याज कहाँ कुन बैंकमा छ भनेर समेत प्रश्न गरे।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved