बैंक चलाउनेको दुखेसो: दोहोरो चेपमा पर्यौं, राष्ट्र बैंकको सहयोग चाहियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 10:14:08 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक चलाउनेको दुखेसो: दोहोरो चेपमा पर्यौं, राष्ट्र बैंकको सहयोग चाहियोबैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले संचालक तथा नियामकको चेपमा परेको आशयको अभिव्यक्ति दिएका छन। नेशनल बैकिङ इन्ष्टिच्युटले आयोजना गरेको बैंक वित्तीय सँस्थाका संचालकहरुको सम्मेलनमा बोल्दै नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढुंगानाले बैंकिंङ क्षेत्र समस्यागत रहेको बताए। 

नेपाल राष्ट्र बैंकले पुंजी वृद्धि नीति लिएयता बैंकिंङ क्षेत्र समस्यागत रहेको आशय व्यक्त गर्दै ढुंगानाले भने, 'पुंजी वृद्धि नीतिले उत्पन्न अवस्थालाई सन्तुलनमा ल्याउन बैक संचालक तथा व्यवस्थापकहरुले धेरै मेहेनत गर्नुपरेको छ'

ढुंगानाले समस्यागत बैंकिंङ क्षेत्रलाई सन्तुलनमा ल्याउन राष्ट्र बैककाे सहयाेग र उचित नियमनकाे आवश्यकता भएकाे बताएका छन। ढुंगानाले  पुंजीवृद्धिको नीतिपछि बैंकका सेयरधनीले चार गुणाले पुंजी बढाएकाले त्यहि अनुसारको प्रतिफलको अपेक्षा गरेको र अर्को तर्फ राष्ट्र बैंकले परिपत्र मार्फत स्प्रेड रेट लगायतका बिषयमा निर्देशन दिंदा बैंक व्यवस्थापन दोहोरो चेपमा परेको आशयको धारणा व्यक्त गरेका छन।     

राष्ट्र बैंकले बैंकहरुको चुक्तापुंजी ८ अर्ब हुनुपर्ने व्यवस्था गरेपछि अधिकांश बैंकहरुले हकप्रद तथा थप लगानी मार्फत नै चुक्ता पुंजी ८ अर्ब पुर्याएका थिए। जसकारण अधिकांश बैंकका सेयरधनीहरुले अहिले उचित प्रतिफल त्यो पनि नगदमा अपेक्षा गरेका छन, यसले गर्दा बैंकका सीईओहरु पुंजीवृद्धि अनुपातमा मुनाफा कमाउनु पर्ने बाध्यतामा देखिन्छन। 

यहि समयमा राष्ट्र बैंकले बैंकहरुको मुनाफा घट्ने गरि निक्षेप र ऋणमा दिने र लिने ब्याज अन्तर 'स्प्रेड रेट' घटाउन तथा बफर पुंजीकोष २ प्रतिशतले व्यवस्था गर्न निर्देशन दिएको छ। जस कारण एका तर्फ बैंकहरुको लगानी क्षमता घट्ने देखिएको छ भने अर्को तर्फ मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानीमा गिरावट आउने देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved