माछापुछ्रे बैंक लिमिटेड Machhapuchchhre Bank Limited ले गत साउन ६ देखि जारि गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र समानुपातिक रुपले बाँडफाँड भएको छ। बैंकले निष्काशन गरेको ऋणपत्रमा भदौ ३ सम्म आबेदन खुला गरिएको थियो।
ऋणपत्रले नेपालको पूँजी बजारलाई विकसित गर्न सकरात्मक भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिने जानकारी दिएको छ । उक्त ऋणपत्रको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
'माछापुच्छ्रे डिबेन्चर २०८५’ नाम दिईएको ऋणपत्रमा साउन ९ गतेसम्म पूर्ण आवेदन नपरेपछि थप गरिएको म्याद अर्थात भदौ ३ सम्म सबै ऋणपत्र बिक्रि भएको हो।
३ अर्ब रुपैयाँको ३० लाख इकाईमध्ये १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि खुला गरिएको हो । यसै अन्तर्गत ६० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो । बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गरेको हो। लगानीकर्तालाई न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्ने व्यवस्था थियो।
७ वर्षे अवधिको माछापुच्छ्रे ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा दश वर्षसम्म निरन्तर भुक्तानी पाउनेछन। बैंकले ऋणपत्र निष्कासनका लागि इक्रा नेपालको क्रेडिट रेटिङ अनुसार प्रयाप्त मात्रामा सुरक्षित जनाउने ‘इक्रा एनपि आइआर ए माइनस’ प्राप्त गरेको थियो। १९ वर्षदेखि बैंकिंङ सेवा प्रदान गर्दै आएको माछापुच्छ्रेको शाखा कार्यालय १०० भन्दा बढि छन्।