एनबीआईको आयोजनामा बैंक वित्तीय सँस्थाका संचालकको सम्मेलन सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 09:46:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग इन्स्टिच्यूट लिमिटेड (एनबीआई) को आयोजनामा एक दिवसीय बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका सञ्चालकहरुको सम्मेलन सम्पन्न भएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर आदरणीय डा. चिरञ्जीवी नेपालले समारोहको उद्घाटन गर्दै बैंकका सञ्चालकहरु आ–आफ्ना बैंकहरु सुरक्षित तवरबाट सञ्चालन गर्नमा जिम्मेवार हुने कुरा बताए। 

उनले सञ्चालकहरुको क्रियाकलापहरुलाई व्यवस्थित गर्नको लागि सञ्चालकहरुलाई बैंकिङ्ग जगतका नवितम परिवर्तनहरुको बारेमा अध्यावधिक गराईनुपर्ने कुरामा जोड दिँदै बैंकहरुमा शुसासन कायम गर्नमा सञ्चालकहरुको भुमिका अहम रहने बताए।

कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै एनबीआईका प्रमूख कार्यकारी अधिकृत संजिव सुब्बाले सम्मेलनमा समावेश गरिएका जोखिम व्यवस्थापन, संस्थागत शुसासन, मर्जर तथा एक्वीजिसन तथा राष्ट्रिय अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाको भुमिकाको विषयमा प्रकाश पारे। 

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बैंक तथा वित्तीय संस्थाहरु केन्द्रीय बैंकको नियमनमा सञ्चालन हुनुपर्ने भएकोले यसका सञ्चालकहरुको भुमिका अन्य संघ संस्थाको भन्दा भिन्न हुने बताए। त्यसकारण बैंकका सञ्चालकहरुको भुमिका बैंकको मात्र नभई समग्र अर्थतन्त्रको विकासको लागि रणनीतिक रुपमा महत्वपूर्ण रहने कुरा बताए। 

उद्घाटन समारोहलाई समापन गर्ने क्रममा राष्ट्र बैंकका प्रवक्ता समेत रहेका एनबीआईका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंक तथा वित्तीय संस्थाहरुमा निहित रहन सक्ने वित्तीय, कानुनी लगायत बहुपक्षीय जोखिम व्यवस्थापनको क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको भुमिका अहम रहने बताए।

कार्यक्रमको मुख्य वक्ताको रुपमा रहेका नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक देव कुमार ढकालले  बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन एवं प्रभावकारी नियमनका लागि सञ्चालकहरुको महत्वपूर्ण भुमिका रहने बताए।

उक्त सम्मेलनमा Info & Cyber Security Menagement at SBI Life Insurance Co. Ltd., India sf EVP & Chief of Risk Mr. Roop Kumar Nagumantry  ले उक्त सम्मेलनमा जोखिम व्यवस्थापन विषयमा आफ्नो धारणा प्रस्तुत गर्दै जोखिम व्यवस्थापनका लागि सञ्चालकहरुको नियमनकारी भुमिका, स्वतन्त्र सञ्चालक तथा संस्थागत शुसासन सन्दर्भमा आफ्नो बिचार प्रस्तुत गरे।

सम्मेलनमा जोखिम व्यवस्थापन, संस्थागत शुसासन, मर्जर तथा एक्वीजिसन र राष्ट्रिय अर्थतन्त्रमा बैंकको भूमिका विषयमा छलफल छलफल भएको थियो । कार्यक्रममा केन्द्रीय बैंकका वर्तमान एवं पुर्व कार्यकारीहरु, बैंक तथा वित्तीय सस्था तथा बीमा कम्पनीहरुका अध्यक्ष एवं प्रमूख कार्यकारी अधिकृतहरुको सहभागीता थियो ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved