११ बैंकको एटिएम प्रणाली ह्याक भएको आशंका, राष्ट्र बैंकमा आकष्मिक छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 09:14:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बिहान देखि अधिकांश बाणिज्य बैंकको एटिएममा समस्या आएको छ । नेपालमा केहि बैंक वित्तीय संस्थाले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) मा आवद्द बैंक तथा विकास बैंकको एटिएममा समस्या देखिएको हो । अहिले सेवाग्राहीले ति एटिएमबाट सेवा लिन पाएका छैनन ।

एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेको अनुमान गरिएको छ । यद्यपि यसको औपचारिक पुष्टि हुन् बाँकि रहेको छ । 

हाल नेप्समा ११ बाणिज्य बैंक र ७ विकास बैंक आबद्द छन भने नेप्समा १५ बैंक वित्तीय संस्थाको लगानी छ। यसको संचालक समितिको अध्यक्षता सनराइज बैंकले गरेको छ भने अन्य ७ बाणिज्य बैंक सदस्य छन। नेप्सले भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम र पस मेसिन सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा दिने गर्दछ।

प्रारम्भिक अनुसन्धानमा ह्याकरले दुई बैंकको प्रणाली नै ह्याक गरेको देखिएको छ भने ६ वटा बैंकबाट पैसा झिकिएको पाइएको छ। कुन कुन बैंकको कुन कुन प्रणाली ह्याक गरेर पैसा झिकिएको भन्ने बारे अध्ययन भईरहेको नेपाल बैंकर संघले जनाएको छ।  

उता यस बिषयमा छलफल गर्न नेप्सको संचालक समितिको बैठक र नेपाल राष्ट बैंकको उच्च व्यबस्थापन तथा विभागीय छलफल जारि रहेको स्रोतले जनाएको छ ।  

हाल नेप्समा प्रभु , सनराइज, माछापुच्छ्रे, जनता, सिद्धार्थ, सिटिजन, एनआईसी एसिया, बैंक अफ काठमाडौँ, प्राइम, नेपाल बंगलादेश, र ग्लोबल आईएमई आवद्द छन् ।  त्यस्तै विकास बैंक मध्ये देव , ज्योति, ओम, शाइन रेसुंगा, शंग्रिला, एक्सेल र लुम्बिनी रहेका छन् । 

प्रहरीले मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्ने क्रममा ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ समेत गरेको छ । उनीहरुको साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ । उनीहरुलाई आइतबार दिउँसो पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने प्रहरीले जनाएको छ। उनीहरुले नै प्रणाली ह्याक गरेको अनुमान छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved