नेपालभरको एटिएम अनिश्चितकालको लागि बन्द, ग्राहकको पैसा पूर्ण सुरक्षित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 10:39:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भरका एटिएम अनिश्चितकालको लागि बन्द भएका छन् ।  एटिएम बाट पैसा चोरी गरिरहेको अवस्थामा प्रहरीले ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा सावधानी स्वरुप देश भरका एटिएम बन्द भएका हुन् ।

आइतबार बिहान देखि नै  नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) मा आवद्द बैंक तथा विकास बैंकको एटिएममा समस्या देखिएको थियो ।चिनियाँ ह्याकरहरुको समुहले नेप्स कै प्रणाली ह्याक गरिएको आशंका गरिएको छ  । प्रहरीले मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्ने क्रममा ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ । 

यस घटनाको छानविन गर्नैको लागि पनि एटिएमहरु बन्द भएका हुन् । एक बाणिज्य बैंक स्रोतले भन्यो ' ह्याकरहरुको समुहले कति रकम निकाल्यो भन्ने विषय यकिन गर्न पनि एटिएमहरु बन्द भएका छन्,१-१ वटाको होइन, सम्पूर्ण बैंकको एटिएम बन्द भएका हुन्' । थप सुरक्षा सावधानी अपनाउन पनि एटिएम बन्द गरिएको उनले बताए । 

उता नेप्सले भने रकम झिकिएको स्वीकार गरेको छ  । नेप्समा यस बारेको छलफल जारि छ  । नेप्सका एक संचालकले ह्याकरहरुले रकम झिकेपनि उनीहरु ग्राहकको खाता सम्म पुग्न नसकेको बिजपाटीलाई बताए  ।  उनले भने 'ह्याकरहरु सिस्टममा प्रवेश गरेर पैसा झिकेका छन्, तर ग्राहकको खातासम्म  उनीहरु पुगेका छैनन् '  ।  उनले ह्याकरहरुले ग्राहकको खाता नछोएको बताउदै कुनै पनि ग्राहकको खाताबाट पैसा नझिकिएको र खातामा भएको रकम पूर्ण सुरक्षित भएको बताए  । साथै उनले यो कार्य विश्वको जुनसुकै स्थान बाट गर्न सकिने प्रकृतिको भएको समत बताए  । 

यस घटनाबारे आइतबार दिउँसो प्रहरीले पत्रकार सम्मेलन गर्दै छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved