'चिनियाँ ह्याकरले नेपाली बैंकबाट लुटेको पैसा जनताको होइन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 04:08:19 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ ह्याकरले नेपालका बैंकबाट अनधिकृत रुपमा निकालिएको पैसा निक्षेपकर्ताको नभएको नेपाल बैंकर्स संघले जनाएको छ। चिनियाँ नागरिकले  नक्कली भिसा कार्डको प्रयोग गरि बिभिन्न बैंकका एटिएम बुथबाट पैसा निकालेको सम्बन्धमा जानकारी दिन महानगरीय प्रहरी परिसरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले निक्षेपकर्ताको पैसा चोरी नभएको स्पष्ट पारेका छन। 

एटीएम मेसिनबाटै रकम चोरी भएपछि सर्वसाधारणको निपेक्षको सुरक्षाबारे उठेको प्रश्नको जवाफ दिंदै बैंकर संघका अध्यक्ष ढुंगानाले जनताको निक्षेप पूर्ण रुपमा सुरक्षित भएको बताए। ‘केही रकम चोरी भएको छ तर बैंकहरु त्यो नोक्सानी ब्यहोर्न सक्षम छन, सर्वसाधारण निक्षेपकर्ताको नोक्सान हुँदैन, तपाईहरु डराउनुपर्दैन’ उनले भने।

यो पनि:  चिनियाँ ह्याकरले बैंक लुट्न किन रोजे नबिल, एसबिआइ र इन्भेष्टमेन्ट कै एटिएम बुथ ? (भिडियो सहित)
चिनियाँ ह्याकरले भिसा र नेप्स को प्रणाली ह्याक गरेर नक्कली भिसा कार्डको प्रयोगबारे एटिएम मेसिनमा रहेको पैसा झिकेकाले जनताको व्यक्तिगत खाताको प्रयोग नभएको र यसबाट जनताको निक्षेप सुरक्षित भएको ढुंगानाले बताए।


अहिले लुटिएको पैसामा को जिम्मेवार हुन्छ भन्ने प्रश्नको उत्तरमा बैंकहरुले यसको जिम्मेवारी लिने भन्दै ढुंगानाले निक्षेपकर्तालाई ढुक्क रहन आग्रह गरेका छन। नेपाल प्रहरीको सक्रियताले बैंकिंङ क्षेत्रबाट ठुलो रकम चोरिनुबाट बचेको भन्दै ढुंगानाले प्रहरी प्रशासनलाई धन्यबाद समेत दिएका छन।

रकम चोरिने खतरा भएकोले शनिबार राति केही बैंकहरुको सर्भर डाउन गरिएको उनले जानकारी दिए। आइतबार कार्यालय शुरु भएपछि एटीएम कारोबार शुरु गरिएको ढुगानाले बताए । ‘अहिले हामी सुरक्षित छौं, निक्षेपकर्तालाई नआत्तिन आग्रह गर्दछु´ उनले भने ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी पनि सर्वसाधारणको खातामा भएको रकममा कुनै जोखिम नरहेको बताएका छन्।     

ह्याकरले १ करोड ६८ लाख ५४ हजार ७२० रुपैयाँ झिकेको नेप्सले नेपाल राष्ट्र बैंकलाई जानकारी दिएका छन। उनीहरुले झिकेको मध्ये नेपाल प्रहरीले १ करोड ३६ लाख रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताएका छन। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved