एनआईसी एसियाको एटिएम सेवा पुन सुचारु, सेवा रोकिएकोमा ग्राहकसंग माग्यो 'माफी'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2019 | 08:20:04 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  को एटिएम सेवा पुन सुचारु भएको छ। चिनियाँ ह्याकरले नेपालका केहि बैंकका एटिएम बुथ प्रयोग गरि अनाधिकृत रुपमा पैसा निकालेको घटना बाहिरीएपछि एनआईसी एसिया लगायतका बैंकहरुले सुरक्षाका कारण एटिएम सेवा बन्द गरेका थिए। 

प्राविधिक कारणले केहि समयको लागि सेवा अवरूद्ध भएकोमा अहिले सेवा सुचारु भएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताएका छन।  

सेवा संचालनमा आएसंगै बैंकको एटिएम कार्ड बाहकहरुले बैंकको एटिएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्ने बैंकले जनाएको छ।   बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि एटिएम तथा पीओएस मेसिनको सेवा स्थगन गर्न परेकोमा बैंकले ग्राहक बर्गमा क्षमा समेत मागेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved