कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले बाग्लुङ्गको गलकोटमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गरे । शाखा उद्घाटनमा गलकोट नगरपालिका मेयर भरत शर्मा गैरे, बैंकका संचालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत पनि सहभागी थिए ।
बैंकले हाल ९८ वटा शाखा तथा ४५ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।