देव विकास बैंकमा १८ करोड घोटाला, म्यानेजरको बयानपछि थप १० पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 07:19:41 AM मा प्रकाशित

laxmi  sunrise bank

देव विकास बैंकमा भएको झन्डै १८ करोड हिनामिनामा संलग्न भएको आशंकामा प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ । यस घाटाला काण्डमा संलग्न भएको आशंकामा प्रहरीले पत्रकार उज्वल आचार्यसहित दश जनालाई पक्राउ गरेको हो ।

दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक र देव बिकास बैंक गत असार महिनामा मात्रै मर्ज भएका थिए । प्रहरीले यस घटनामा संलग्न भएका वेस्टर्न डेभलपमेन्ट बैंक (हाल देवः विकास बैंक) का दाङ शाखाका बैंक म्यानेजर सुरज बुढाथोकीलाई गत मंगलबार  पक्राउ गरेको थियो।

बुढाथोकीको बयानको आधारमा प्रहरीले थप १० जनालाई पक्राउ गरेको हो ।  नक्कली ऋणी खडा गरेर बैंकको रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले पक्राउ परेका पत्रकार आचार्यसहित दशै जनालाई उच्च अदालत तुलसीपुर वाणिज्य इजलासबाट म्यादसमेत थप गरेको जिल्ला प्रहरी कार्यालय दाङका मुद्दा फाँटका प्रहरी निरीक्षक राजेन्द्र गौतमले बताए ।

को को परे पक्राउ ?




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved