माछापुच्छ्रे बैंकले गर्यो स्वेता खड्काको माझि बस्तीलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 09:26:44 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले श्वेता श्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधिन एकिकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई आर्थिक सहयोग गरेको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेता  फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई लाख रुपैयाँको चेक हस्तान्तरण गरे। 

फाउण्डेशनले भुकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकको चौतारा, सागाँचोकमा माझी बस्तीको लागि ५३ वटा भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ । ५३ वटा भुकम्प प्रतिरोधात्मक आवास सहित अन्य पूर्वाधारको समुचित ब्यवस्थापन गरी एकिकृत नमुना बस्तिको निर्माण गरिरहेको फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस भन्ने उद्धेश्यले ७ लाख सहयोग गरिएको बैंकले जनाएको छ। 

अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएता पनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्य चौकी, रिटेनिङ्ग वाल लगायत अन्य आवश्यक पुर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । 

माछापुछ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउंदै आएको छ। त्यस्तै बैंकले देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।  


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved