नबिल बैंक Nabil Bank Limited ले व्यक्तिगत बचत खातावाला ग्राहकलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भदौ १५ गतेदेखि लागू हुने गरी बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. एन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत सुनिल बल्लभ पन्तबीच सम्झौता भएको छ ।
यस योजना अन्तर्गत, दैनिक मौज्दात ५ हजार वा सो भन्दा बढि राख्ने व्यक्तिगत बचतखातावालालाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनमा परि मृत्यु भएमा अथवा स्थायी पूर्ण अशक्त भएमा एकमुस्ठ बीमा रकम प्रदान गरिनेछ ।
न्युनतम ५ हजार मौजदात राख्ने सम्पूर्ण बचत खातावालाको स्वतः बीमा सुरु भईसकेको बैंकले जनाएको छ ।
बैंकले हाल ७९ शाखा, १४० एटिएम मार्फत सेवा दिदै आएको छ ।