चिनियाँ ह्याकिङ प्रकरण: राष्ट्र बैंकलाई छानबिन प्रतिवेदन बुझाईदै, के छन् नयाँ कुरा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 09:00:14 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ ह्याकरहरुले नेपाली बैंकबाट रकम चोरेको विषयमा छानविन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउदै छ । यस प्रकरणमा छानविन गर्न राष्ट्र बैंकले गठन गरेको समितिले गभर्नर डा चिरन्जीवी नेपाललाई आज बुधबार प्रतिवेदन बुझाउन लागेको हो । समितिले दिउँसो १ बजे गभर्नरलाई प्रतिवेदन बुझाउन लागेको हो ।

प्रतिवेदनमा  ग्लोबल नेटवर्क 'भिसा' र नेपालको स्विच 'नेप्स' को बीचमा 'आर्टिफिसियल' सिस्टम प्रयोग गरेर चिनियाँहरुले कसरि रकम चोरी गरे भन्ने विषय उल्लेख छ । प्रतिवेदनमा कहाँ बाट कुन कुन बैंकको एटिएम कार्ड प्रयोग गरी कति कति रकम कसरी चोरी भयो भन्ने उल्लेख गरिएको छ । साथै प्रतिवेदनमा यस अघि बाहिर आएका बाहेक अन्य विषय पनि रहेको तर प्रहरीले यस विषयमा अनुसन्धान जारि राखेकोले ति अहिले नै सार्वजनिक गर्न नमिल्ने समितिका एक दस्यले बताए । उनले भने 'हाम्रो प्रारम्भिक अनुसन्धान सकिएर प्रतिवेदनलाई अन्तिम रुप दिदै छौ, तर यस विषयमा प्रहरीको अनुसन्धान जारि छ, अनुसन्धानलाई प्रभाव पार्न सक्ने भएकोले अरु विवरण अहिले सार्वजनिक गर्न मिल्दैन' ।  उनका अनुसार राष्ट्र बैंक पछि प्रतिवेदन सार्वजनिक गर्ने छ ।  

 राष्ट्र बैंकले बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिमा   नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि सम्बन्धि विज्ञ र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको प्रतिनिधि समितिको सदस्य थिए । 

ह्याकरहरुको समुहले ३ करोड ४५ लाख भन्दा बढी चोरेका थिए  । उनीहरुले ग्लोबल नेटवर्क 'भिसा' र नेपालको स्विच 'नेप्स' को बीचमा 'आर्टिफिसियल' सिस्टम प्रयोग गरेर तीनवटा एटिएम बुथबाट ६ बाणिज्य बैंकको कार्ड घोटेर पैसा झिकेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved