
सनराइज बैंक Sunrise Bank Limited ले रामेछापको मान्थलीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेत, बैंकका संचालक दीपक नेपाल र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा उद्घाटन गरे । शाखासँगै बैंकले एटिएम पनि सञ्चालनमा ल्याएको छ ।
बैंकले हाल १२२ वटा शाखा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।