विश्वमै नभएको रियल टाइम भुक्तानी नेपालमा, २ लाख माथिको भुक्तानीलाई बैंकमै धाउनुपर्ने!

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 04:36:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले पुर्व घोषणाअनुसार नै अन्तर बैंक कारोबारमा तत्कालै भुक्तानी हुने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गर्नलाई परिपत्र जारि गरेको छ। 

भदौ २५ देखि लागू गर्ने भनिएको यस प्रणालीमा वास्तविक समयमा नै भुक्तानी हुने भनिएको छ। तर आरटीजीएस लागू भएपछि सेवाग्राहीले अन्तराष्ट्रिय अभ्यासअनुसार अनलाइन मार्फत नभई बैंकमा भने पुग्नु पर्ने अवस्था आईलागेको छ। यो सुविधा अनलाइन मार्फत एकै क्लिकमा उपलब्ध हुनुपर्ने भएपनि सेवाग्राही अहिलेलाई चेकको ठाउँमा बैंकमा फर्म लिएर पुग्नुपर्ने भएको छ। 

यद्दपी सुरक्षाका कारणले अहिलेलाई अनलाइन मार्फत यो सेवा उपलब्ध नगराईएको तर निकट भविष्यमा नै बैंकमा फर्म पनि भर्न नपर्ने गरि  वास्तविक समयमै अन्तर बैंक भुक्तानी हुने प्रणाली लागू गरिने राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बिजपाटी डटकमलाई बताएका छन।

यस अघि पनि एनसीएचएलको प्रणालीबाट चेक क्लियारिंङको सुबिधा रहदै आएको भए पनि त्यसको लागि १२ घण्टासम्म समय लाग्ने गरेको थियो । 

अब भने एक व्यक्तिले अर्को व्यक्ति वा संस्थालाई रकम पठाउनु परेमा रकम पठाउने व्यक्तिले एउटा निवेदन लेखेर बैंकमा दिएपछि सोहि समयमा नै अर्को खातामा पैसा जम्मा हुने छ।

भारत लगायतका देशमा २ लाख भन्दा माथिको अन्तर बैंक भुक्तानीको लागि आरटीजीएस अनिवार्य भएपनि नेपालमा भने अर्को व्यवस्था नहुँदा सम्मलाई २ लाखभन्दा माथिको भुक्तानीलाई अनिवार्य नगरी स्वेच्छिक गरिएको छ। तर २० लाख भन्दा माथिको कारोबारलाई यो ब्यबस्था अनिवार्य गरिएको छ ।  

यो सुविधाको लागि फरक समयको लागि फरक शुल्क निर्धारण गरिएको छ । ग्राहकले यो सुबिधा बिहान १०:३० देखि २:३० बजेसम्म मात्र प्रयोग गर्न पाउने छन्। बिहान १०:३० देखि दिउँसो  १:३० बजेसम्मको लागि प्रति कारोबार १० रुपैयाँ र १:३० देखि २:३० सम्म प्रति कारोबार २० रुपैयाँ लाग्ने छ । २:३० देखि ३ बजेसम्म अन्तर बैंक कारोबार मात्र हुने र त्यसको लागि प्रति कारोबार एक सय रुपैयाँ लाग्ने राष्ट्र बैंकले जनाएको छ । 

विकास बैंक र फाइनान्स कम्पनीले हालको लागि यो सेवा बाणिज्य बैंक कै सहयोगमा प्रदान गर्नु पर्ने छ। केहि समयमा नै उनीहरुलाई पनि यस प्रणालीमा आवद्द गरिने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ। यस प्रणालीले ग्राहकको समय र बैंकको लागत पनि घट्ने राष्ट्र बैंकको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved