गैर आवासीय नेपालीका लागि सानिमा बैंकको मुद्दती खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 05:43:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले गैर आवासीय नेपालीहरुका लागि सानिमा NRN मुद्दती खाता ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्ने बैंकले जनाएको छ । 

यो खातामा रकम जम्मा गर्ने गैर आवासीय नेपालीले अमेरिकी डलरमा ५, पाउण्ड स्टर्लिङमा ३ र यूरोमा २ प्रतिशत व्याजदर प्राप्त गर्न सक्नेछन् । यो खाता खोल्दा न्यूनतम रकम १० हजार अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा यूरो हुनुपर्ने छ । २ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्त भएपछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले पाउनेछन् । 

बैंकले हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved