नेपाल राष्ट्र बैंकले विभिन्न यातायात समिति तथा यातायात व्यवसायी संघको रोक्का रहेको खाता फुकुवा गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै रोक्का गरेको खाता फुकुवा गरी त्यो रकम यातायात व्यवसायीहरुको रुपान्तरित कम्पनीमा सार्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकले रोक्का गरिएको रकम व्यवसायीहरु कै रुपान्तरित कम्पनीमा सार्न दिने निर्णय गरेको थियो। सोहि अनुसार अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्र अनुसार खाताको रकम कम्पनीमा सार्न निर्देशन दिएको हो ।
यस अघि राष्ट्र बैंकले सरकार कै निर्देशन अनुसार प्रदेश १ को ३२ वटा, प्रदेश २ को १० वटा, प्रदेश ३ को ११८ वटा, प्रदेश ४ को २४ वटा, प्रदेश ५ को ४० वटा, प्रदेश ६ को १२ वटा र प्रदेश ७ को ९ वटा विभिन्न यातायात व्यवसायी संघ र समितिको नाममा रहेको खाता रोक्का गरेको थियो ।