साइबर सुरक्षामा लगानी बढाउँन बैंकहरुलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 05:18:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय सँस्थाहरुलाई प्रविधिमा लगानी बढाउँन निर्देशन दिएको छ। चिनियाँ ह्याकरले नेपाली बैंकबाट करिब ३ करोड ५८ लाख रुपैयाँ लुटेको बिषयमा छलफल गर्न डाकिएको बैंक वित्तीय संस्थाका सीईओ हरुसंगको छलफलमा राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले बैंक वित्तीय संस्थाहरुलाई प्रविधिमा सुरक्षा बढाउन तथा त्यसको लागि प्रविधिमा लगानी बढाउँन निर्देशन दिएका छन। दशैं तिहार जस्ता चाडहरु नजिकिदै गरेको र सम्भावित घटना हुन सक्ने तर्फ ध्यान दिएर तत्कालै आफ्नो वर्तमान प्रणाली अपग्रेड गर्नलाई राष्ट्र बैंकबाट निर्देशन भएको छ। 

त्यस्तै चिनियाँ ह्याकरले प्रयोग गरेको स्विच 'नेप्स' लाई समेत विद्यमान प्रणालीको विकल्प खोज्नलाई राष्ट्र बैंकले निर्देशन दिएको छ। आफ्नो सिस्टम को विकल्प खोजेर भदौ १४ देखि एटिएममा रोकिएको अन्तर बैंक सेवा पनि तत्कालै सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। चिनिया ह्याकरले नेप्सको स्विच मार्फत नेप्समा आबद्द नभएका ७ वटा बैंकका एटिएम बुथबाट नेप्सको सिस्टममा आबद्द भएका १७ वटा बैंकबाट करिब ३ करोड ५८ लाख लुटेका थिए।

भदौ १४ को घटनापछि राष्ट्र बैंकले सिगापुरबाट फरेन्सी एक्सपर्टलाई बोलाएर अनुसन्धान गरेको थियो तर उक्त अनुसन्धानको प्रतिबेदन आउन ३ महिना लाग्ने बताइएको छ। यसको प्रराम्भिक रिपोर्ट आएपनि त्यसको आधारमा निर्णयमा पुग्न नसकिने नेप्सका प्रमुख कार्यकारीले बैंकहरुलाई जानकारी गराएका थिए।   

राष्ट्र बैंकले आज डाकेको छलफलमा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बैंकहरुमा साइबर सेक्युरिटिको अवस्था, चुनौती र तत्कालै चाल्नु पर्ने कदमबारे प्रस्तुति दिएका थिए। मिश्रको प्रतिबेदनले बैंकहरुले प्रविधिमा न्यून लगानी गरेको देखाएको छ।  छलफलमा क, ख र ग वर्गका बैंकहरुको सिइओ तथा राष्ट्र बैकका उच्च अधिकारिहरुको सहभागिता थियो।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved