एसईई पास गरेकालाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 05:21:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास Muktinath Bikas Bank Limited  ले  ६ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले  कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्नको लागि ६ जना विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि रकम प्रदान गरेको हो ।

जस अनुसार बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशी विद्यार्थीहरुलाई प्रदान गर्ने गरी ३ लाख रकम प्रदान गरेको हो ।  एसईई पास भई काठमाडौँमा अध्ययन गर्न इच्छुक ६ जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । 

 बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राज शाहीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved