सीईओलाई जस्तै बैंकका संचालकलाई पनि कुलिङ पिरियड !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 02:48:57 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय सँस्थामा सीईओहरुलाई जस्तै संचालकलाई समेत कुलिंग पिरियड लागू हुने भएको छ। सीईओलाई ६ महिना कुलिंग पिरियड लागू भए जस्तै गरि संचालकलाई ४ वर्षको कुलिङ पिरियड लाग्ने भएको छ।  

एकै संस्थामा बहाल रहन चाहने संचालकलाई ४ वर्षको कुलिङ पिरियड लाग्ने भएको छ। वाफियाको प्रस्तावित संशोधन विधयेकमा ४ वर्षको कुलिङ पिरियड लाग्ने तर त्यो भन्दा अगाडी २ कार्यकाल संचालक बन्न पाउने प्रस्ताव गरिएको छ।

उक्त प्रस्ताव जस्ताको तस्तै पारित भएमा एउटै बैंक तथा वित्तीय संस्थामा संचालक लगातार दुई कार्यकाल भन्दा बढी रहन पाउने छैनन् । तर ४ वर्षको कुलिङ पिरियडपछि पुन: सोहि संस्थामा संचालक बन्न पाउने छन् ।

वाफियाको प्रस्तावित संशोधन विधयेकको मुल ऐनको दफा १५ लाई संशोधन गर्दै लगातार दुई कार्यकाल संचालक हुन पाउने र ४ वर्ष पछी फेरी संचालक हुन पाउने ब्यवस्था गरिएको छ । तर स्वतन्त्र संचालक भने एक कार्यकालको लागि मात्र रहन पाउन ब्यवस्था रहेको छ । वाफियाको हालको ब्यबस्था अनुसार दुई कार्यकालसम्म मात्र संचालक बहाल रहने ब्यबस्था छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved