वाणिज्य बैंकका ग्राहकलाई किस्ट हस्पिटलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 07:10:38 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले किस्ट टिचिङ्ग हस्पिटलमा विशेष सुविधा पाउने भएका छन् ।  बैंक र हस्पिटल बीच  बैंकका ग्राहक, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्झौता भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ्ग हस्पिटलका कार्यकारी अध्यक्ष आशिस थापाले हस्ताक्षर गरेका हुन । 

सम्झौतामा हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फारमेसीमा ७ प्रतिशत छुट एक वर्ष सम्म दिने उल्लेख छ  ।   

राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved