नबिल बैंकले शैक्षिक कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2019 | 01:45:17 PM मा प्रकाशित

laxmi sunrise bank

नबिल बैंक Nabil Bank Limited  तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इक्यान)बीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता भएको छ । यस सहमति पश्चात नबिल बैंकले इक्यान र योसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । 

सम्झौता अन्तर्गत बैंकले इक्यान सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्ने भएको छ । 

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र इक्यानको तर्फबाट अध्यक्ष विष्णु हरि पाण्डेले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved