
मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले आफ्नो बैंकमा सदस्य रहेकी माया मगरको ऋण मिनाहा गरिदिएको छ । मगरको मृत्यु भएकोले निजलेउ पभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरिएको बैंकले जनाएको छ । उनी बैंकको पर्सा शाखा अन्तर्गतको साना तथा लघु बैंकिङ्गकी सदस्य थिइन ।
स्व. मगरको छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका २ का वडाअध्यक्ष टिकादत्त ईटनि, बैंकको पर्सा शाखाका प्रमुख विश्व क्षेत्रीले संयुक्त रुपमा १ लाख ४३ हजार ७८४ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।