
एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले विराटनगरमा ३ शाखा सञ्चालनमा ल्याएको छ । विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरे । हाटखोला शाखाको उद्घाटन भने मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गरे ।
बैंकले हाल २९८ शाखा, ३५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।