भारतमा रहेका नेपालीलाई एटिएमबाट पैसा निकाल्न नयाँ व्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 04:04:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपाली एटिएम लिएर भारतमा रहेका नेपालीलाई सहज तरिकाले पैसा दिने ब्यबस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले आज नेप्स र नेप्समा आवद्द रहेका बैंकका सीइओसंग छलफल गरेको गरेको थियो । छलफलको क्रममा राष्ट्र बैंकले सहज तरिकाले रकम दिलाउन निर्देशन दिएको हो ।

छलफलको क्रममा बैंकहरुले आफ्ना रेमिटेन्स एजेन्ट मार्फत सहज तरिकाले रकम दिन सकिने बताएका थिए । सोहि अनुसार राष्ट्र बैंकले सर्कुलर जारि गरेको हो  ।

जस अनुसार नेपाली बैंकको एटिएम बोक्नेहरुले भारतमा रहेका सोहि बैंकका रेमिटेन्स एजेन्टलाई भेटेपछि उनीहरुको खातामा रकम भए नभएको चेक गरी रकम दिने छन् । 

नेपाल भित्रको इन्टर बैंक एटिएम सेवा भने आइतबारबाट हुन् सक्ने राष्ट्र बैंकले जनाएको छ । शुक्रबार नेप्सको बैकल्पिक सिस्टमको परिक्षण सफल भएमा आइतबारबाट इन्टर बैंक एटिएम सुचारु हुने भएको हो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved