
प्रभु बैंक Prabhu Bank Limited ले महोत्तरीको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित मालपोतमा स्थापित काउण्टरको मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बराल र जलेश्वरस्थित मालपोतमा स्थापित काउण्टरको मालपोत कार्यालय प्रमुख भुप बहादुर बोगटि र र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईले उद्घाटन गरे ।
बैंकले हाल १९५ वटा शाखा, १५२ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् सेवा दिँदै आएको छ ।